कोरोनाको ‘सेकेन्ड वेभ’ पछि स्पेनमा आपतकाल घोषणा, रातको समयमा देशभर कर्फ्यू

जनपत्र
१० कार्तिक २०७७, सोमबार ०५:५६

कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएपछि स्पेन सरकारले आपतकाल घोषणा गर्दै रातिको समयमा देशभर कर्फ्यू लागू गरेको छ। आइतबारबाट राति ११ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागू गरिएको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बताए। आपतकालको समयमा स्थानीय प्रशासनले अवस्थाको मूल्यांकन गर्दै एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने यात्रामाथि प्रतिबन्ध समेत लगाउन सक्नेछन्।

कोरोना संक्रमणको पहिलो वेभमा स्पेन निकै प्रभावित बनेको थियो। त्यसबेला स्पेनले अन्यदेशभन्दा सबैभन्दा कडा लकडाउन लागू गरेको थियो। हाल युरोपका अधिकांश देशलाई कोरोनाको दोस्रो वेभले प्रभावित पारेको छ। स्पेनमा पनि संक्रमण बढेसँगै फेरि नयाँ नियम ल्याउने तयारीमा सरकार जुटेको छ। नयाँ व्यवस्था अनार सार्वजनिक कार्यक्रम र भेटघाटमा ६ जनाभन्दा बढी एकै स्थानमा बस्न पाउने छैनन्। स्पेनमा १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ भने ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*