अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्प र बाइडनको अन्तिम बहस

जनपत्र
७ कार्तिक २०७७, शुक्रबार ०७:३१

अमेरिकी राष्ट्रपति चुनाव अन्तर्गत डोनल्ड ट्रम्प र जो बाइडनले अहिले केहीबेरमा अन्तिम बहस गर्दैछन् । राष्ट्रपति ट्रम्प आफैँ कोरोना सङ्क्रमित भएपछि बहसमा उपस्थित भएका हुन् । ट्रम्प मत सर्वेक्षणमा पछाडि परे पनि उनले बाइडनलाई निरन्तर चुनौती दिइराखेका छन् । यो बहस बाइडनका निम्ती अग्रता कायम राख्ने अवसरका रुपमा व्याख्या गरिएको छ ।

बहसमा बहस टेनिसी राज्यस्थित बेलमन्ट विश्वविद्यालयमा भइराखेको छ । डेढ घण्टा लामो बहसलाई विभिन्न ६ भागमा विभाजन गरिएको छ । चुनावको १२ दिन अगाडि भएको यो बहसमा कोरोनाविरुद्धको लडाईं, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्व, अमेरिकी परिवार, अमेरिकामा जातियतालगायत महत्वपूर्ण एजेन्डामा छलफल भइराखेको छ ।

यो बहसमा माइक बन्द गर्ने नयाँ नियम राखिएको छ । गत महिना भएको पहिलो बहसमा उम्मेदवारले एक अर्काको कुरा काटेको र पटकपटक हस्तक्षेप गरेको भन्दै यस्तो नियम बनाइएको हो । नियम अनुसार दुवै उम्मेदवा हरेक विषयमा दुई मिनेट बोल्न दिइनेछ। यो अवधिमा एकजना उम्मेदवारको मात्र माइक अन हुनेछ । अन्तिम बहसकी प्रस्तोता एनबीसीकी क्रिस्टेन वेकर हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*