पोल्याण्ड- रंगशालालाई बनाइयो अस्थायी अस्पताल

जनपत्र
४ कार्तिक २०७७, मंगलवार ०६:२९

पोल्याण्ड सरकारले खेल मैदानलाई अस्पतालमा रुपान्तरण गरेको छ । कोरोनाभाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।
तीन करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*