मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै

जनपत्र
२७ आश्विन २०७७, मंगलवार ०६:२१

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । जहा तीनै ग्रह १८० डिग्री कोणमा सिधा हुनेछन्।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक आउँने खगोलीय घटना हरेक दुई वर्षमा एकपल्ट हुन्छ । मंगलबार राती नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बर अघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राती हुने भएपनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

समाचारमा उल्लेख भए अनुसार तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन् । सन् २०३५ सम्म सबैभन्दा कम दूरी यही नै हुनेछ । यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मंगलग्रह जम्मा ५८ करोड किलोमिटर टाढा थिए ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*