भारतमा बन्दुक देखाउँदै प्रेमिकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार

जनपत्र
२५ आश्विन २०७७, आईतवार ०६:२४

भारतको झारखण्डमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकालाई ५ जनाले सामूहिक बलात्कार गरेका छन्। झारखण्ड प्रहरीले शनिबार दिएको जानकारीअनुसार जमसेदपुर सहरमा १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी हुन्। बीबीसी हिन्दीका अनुसार घटनामा संलग्न आरोपमा झारखण्ड प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वरिष्ठ प्रहरी अधिक्षक तलिम वाननका अनुसार घटना गत मंगलबारको हो।

ती किशोरी आफ्ना ब्वाइफ्रेन्डसँग बागबेडा भन्ने स्थानमा जाँदै थिइन्। त्यस क्रममा अचानक ५ जना देखापरे र बन्दुक देखाउँदै उनीहरूलाई कालियाडिह गौशाला भन्ने ठाउँमा लगे र ब्वाइफ्रेन्डलाई बाँधे अनि किशोरीलाई पालैपालो बलात्कार गरे।पक्राउ परेका ५ जनामध्ये एक जना नाबालिग भएकाले उनलाई सुधारगृह र अन्य ४ अभियुक्तलाई हिरासतमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तको नाम सार्वजनिक गरिसकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*