नासाले फेला पार्यो सुनको ग्रह !
अन्तरिक्षको दुनियाँ रहस्यले भरिएको छ । यसकै रहस्यलाई सुल्झाउनको लागि अन्तरिक्ष यात्री अन्तरिक्षको मिशनमा जाने गर्दछन् । अन्तरिक्षका रहस्य यति धेरै छन् कि, हामीले बयान गरेरै सक्दैनौँ । यसैबीच हालै मात्र वैज्ञानिकहरुले मंगल र वृहस्पति ग्रहको बीचमा एउटा यस्तो क्षुद्र ग्रह फेला पारेका छन्, जुन ग्रह सुनले भरिएको छ ।
त्यहाँ सुन यति धेरै छ कि, पृथ्वीमा ल्यायो भने पृथ्वीमा रहेका हरेक मानिस करोडपति बन्छन् । नासाका अनुसार यो क्षुद्रग्रहको नाम १६ साइकी रहेको छ । यो क्षुद्र ग्रह आलु जस्तो देखिन्छ । र त्यहाँ पाइएको सुन बहुमूल्य धातु प्लेटिनम, आयरन र निकलबाट बनेको छ । नासाका अनुसार यस क्षुद्र ग्रहको ब्यास २२६ किलोमिटर छ । त्यहाँ सुन र फलाम अत्याधिक रहेको छ ।
एजेन्सीको सहयोगमा







