अमेरिकी राष्ट्रपति ट्रम्प तीन दिनमै डिस्चार्ज

जनपत्र
२० आश्विन २०७७, मंगलवार ०६:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरस ९कोभिड–१९० रिपोर्ट पोजेटिभ आएपछि तीन दिन अघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन्। डिस्चार्ज लगत्तै टन्म्पले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन्। यसअघि ह्वाइट हाउसका डाक्टरले ट्रम्पको स्वास्थ्य अवस्था सुधार आएकाले डिस्चार्ज गर्न सक्ने बताएका थिए। ट्रम्प पुरै निको नभएपनि घर लान सुरक्षित भएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन्।

राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ। उनको थप उपचार ह्वाईट हाउसमै हुनेछ। अस्पतालबाट निस्कनु अघि ट्रम्पले ट्वीट गरेर छिट्टै चुनाव प्रचार सुरु गर्ने बताएका छन्। ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् । साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् ।

विश्वभर ३ करोड ५६ लाखमा कोरोना पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा मात्रै ७६ लाख ७५ हजारमा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये ४६ लाख ८ हजार निको भएका छन् भने २ लाख १४ हजारको भने ज्यान गएको छ। २५ लाख ७२ हजार सक्रिय संक्रमित रहेका वल्डोमिटरले जनाएको छ। विश्वभर २ करोड ६ लाख निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*