स्पेनमा कोरोना सङ्क्रमण भए/नभएको १५ मिनेटमै पत्ता लाग्ने
काठमाण्डौ – स्पेनमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको १५ मिनेटमै पत्ता लाग्ने भएको छ ।
यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको ज्यान गइसकेको छ ।
त्यहाँ गएको २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका र १ सय १३ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।







