शाहरुख खानसहित चार नायक पनि लागुऔषधमा संलग्न रहेको खुलासा

जनपत्र
१५ आश्विन २०७७, बिहीबार ०६:०९

भारतीय चलचित्र क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार नायकको नाम जोडिएको छ। यसअघि नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम पनि जोडिएको हो। सुशान्त सिंह राजपुत मृत्यु प्रकरण अनुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔषधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छानबिन भइरहेको हो। जसको अनुसन्धान एनसीबीले गरिरहेको छ।

यस क्रममा उल्लिखित चार नायकको नाम पनि जोडिन आइपुगेको दैनिक भास्करले जनाएको छ। एनसीबीका अधिकारीलाई उधृत गर्दै दैनिक भास्करले अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने गरेको खबर लेखेको छ। दिल्लीका एनसीबी अधिकारीले नाम गोप्य राख्ने सर्तमा ड्रग्स कनेक्सनमा बलिउडका ठूला नायकको नाम खुलासा गरेको दैनिक भास्करले जनाएको छ। यस विषयमा एनसीबी अधिकारीसँग भएको कुराकानीको पूर्ण विवरण आफूसँग सुरक्षित रहेको दैनिक भास्करले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*