कोरोनाको उदगमस्थल वुहानमा भव्य वाटर-पार्क पार्टी !
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान विश्वको पहिलो लकडाउन हुने शहर हो भने भाइरस मुक्त हुने शहर पनि वुहान नै बनेको छ । वुहानले कोरोना संक्रमणबाट मुक्ति पाएपछि खुला वाटर(पार्क , सांगितिक कार्यक्रमको आयोजना गरको छ, जहाँ हजारौं मानिस मास्क बिना, सामाजिक दुरीलाई वेवास्ता गर्दै पार्टी गरिरहेका थिए ।
छुट्टीको दिनमा वुहानको माया बीचमा रहेको वाटर(पार्कमा थुप्रै मानिसहरु स्विमिङसुटमा रमाईरहेका देखिन्थे, उनीहरु एकअर्कालाई अँगालो मार्दै संगीतको तालमा नाच्दै थिए । यस्तो भिड सहितको पार्टी सायद अहिले विश्वका अन्य राष्ट्रहरुले कल्पना पनि गर्न सकेका छैनन् । संसारभरी करिब २१ मिलियन संक्रमित सहित दैनिक दश हजार भन्दा बढी संक्रमित र हजारौंको मृत्युले देशहरु लकडाउन गर्न बाध्य भएका छन् ।
वुहानको जनजीवन भने सामान्य बन्दै गएको छ, करिब ११ मिलियन जनसंख्या रहेको हुवेइ प्रान्तमा अप्रिल महिनादेखि ७६ दिनको कडा लकडाउन गरिएको थियो । यहाँ मे महिनाको मध्यदेखि संक्रमण देखिएको छैन । मानिसहरु वुहानको माया बीच वाटर(पार्कमा ट्युबमा पौडी खेल्दै रमाइरहेका देखिन्थे । अहिले उक्त पार्कमा दैनिक १५ हजार मानिस जाने गरेको हुवेइ डेलीले बताएको छ ।
कोरोना भाइरस पछिल्लो वर्ष डिसेम्बरमा पहिलो पटक वुहानमा देखिएको थियो । भाइरसको इपिसेन्टर शहरमा लगभग ६० प्रतिशत मानिसमा संक्रमण देखिएको थियो भने चीनमा ८४ हजार संक्रमित थिए । जनावरी २३ देखि वुहानले बाहिरबाट मानिसको आगमनमा बन्द गरेको थियो र कडा लकडाउन लागु गरेको थियो । सबै हवाई यातायात, ट्रेन तथा बस बन्द गरिएको थियो भने मानिसहरुलाई आफ्नो टोल भन्दा बाहिर जान अनुमति थिएन । हुवेइ प्रान्तका अन्य शहरहरुले पनि सोहि नियमको पालना गरे र कडा लकडाउन लागु गरे । जसले गर्दा ६० मिलियन मानिसहरु प्रभावित भएका थिए ।
जब कोरोना संक्रमण केहि नियन्त्रणमा आयो तब मात्र चीनका राष्ट्रपति सार्वजनिक रुपमा बाहिर निस्केका थिए । मे महिनाको मध्यमा छ जनालाई कोरोना संक्रमण देखिएपछि नौं दिन भित्रमा ६।५ मिलियन मानिसको कोरोना परिक्षण गरिएको थियो । खरिबोटबाट







