भारतमा कोरानाभाइरसका कारण मर्नेको संख्या ५० हजार नाघ्यो

जनपत्र
२ भाद्र २०७७, मंगलवार ०६:१२

भारतमा कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या ५० हजार नाघेको छ । यो लेख्दासम्म ९भदौ १ गते राति ११ः३० बजे० भारतमा मर्नेहरुको संख्या ५० हजार ९ सय १ पुगेको छ । यसअनुसार कोरोनाको कारण सबैभन्दा बढी मृत्यु हुनेमा भारत चौथो मुलुक बन्न पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ७० हजार १ सय ७८ जना, ब्राजिलमा १ लाख ७ हजार आठ सय ५२ जना र मेक्सिकोमा ५६ हजार ७ सय ५७ जनाको निघन भइसकेको छ ।

भारतपछि सबैभन्दा बढी निधन हुनेहरुमा बेलायत रहेको छ । त्यहाँ ४६ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यसो त सबैभन्दा बढी संक्रमित हुनेहरुमा भारत तेस्रो नम्बरमा आउँछ । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित २६ लाख ४७ हजार ६६३ जना भारतमा छन् । भारतभन्दा पनि बढी संक्रमित अमेरिकामा ५४ लाख १४ हजार ३ सय ८१ जना र ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ जना छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार संक्रमित हुनेहरुमध्ये आधाजसोमा संक्रमण यही महिनाभित्र देखिएको हो । जनसंख्याको हिसाबले भारत दोस्रो ठूलो मुलुकमा पर्दछ । कतिपय विज्ञहरु वास्तविक रुपमा कोरोनाका कारण मर्नेहरुको संख्या भारतमा अहिले देखाइएको भन्दा बढी हुन सक्ने आशंका गर्छन् । उनीहरुका अनुसार भारतमा परीक्षण व्यापक गरिएको छैन र त्यहाँको कमजोर स्वास्थ्य प्रणालीका कारण मृत्यु हुनेहरुको तथ्यांक सही रुपमा राखिने सम्भावना पनि कम छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले शनिवार जारी गरेको ट्वीटमा दावी गरेअनुसार ‘संक्रमण बढ्दै गएको भएपनि भारतमा कोरोनाको कारण हुने मृत्यु विश्वव्यापी रुपमा हेर्दा निक्कै कम अर्थात् २ प्रतिशतभन्दा तलै छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*