वैज्ञानिकले बनाए अनौठो साँढेको प्रजाती !

जनपत्र
१९ श्रावण २०७७, सोमबार ०६:३७

जनावर देखि वनस्पतिका समेत विभिन्न नयाँ प्रजाती वैज्ञानिकहरुले बनाईरहेका हुन्छन् । यसैबीच क्यालिफोर्निया यूनिभर्सिटीका वैज्ञानिकहरुले पनि एक अनौठो साँढेको प्रजाती बनाएका छन् । जसलाई क्यास्मो नाम दिइएको छ ।यसलाई जिन्समा परिवर्तन गरिएको छ । अब यसबाट जन्मिने सबै पीढि साँढेमात्र हुनेछन् ।

यूनिभर्सिटीका डेविस यस बारेमा भन्छन्, उनको टिमले बिशेष प्रकारको साँढेको प्रजाती बनाएको छ, फूड इण्डस्ट्रीमा साँढेको धेरै माग देखेपछि यसलाई बनाइएको हो । कस्मो गाईको यो प्रजातीबाट विकसित यो साँढेलाई मासुको लागि प्रयोग गरिने उनीहरुले बताएका छन् । यसको माग धेरै बढेकोले यस्तो प्रजाती बनाएको उनीहरुले बताएका छन् ।

यूनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले अप्रिलमा कस्मो प्रजातीलाई जन्म दिएका थिए । त्यस बेला यसको तौल ११० पाउण्ड अर्थात् ५० किलोग्राम थियो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*