वाराणसीमा कपाल मुण्डन गरिएका युवक नेपाली होइनन्
भारतीय नागरिकले वाराणसीमा कपाल मुण्डन गरेर नेपाल विरोधी नारा लगाउन लगाएका व्यक्ति नेपाली नागरिक नभएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले भगवान रामका बारेमा दिएको अभिव्यक्तिपछि आक्रोशित समूहले मुण्डन गरिएको शीरमा ‘जय श्रीराम’ लेखेर नेपालविरोधी नाराबाजी गराएका व्यक्ति वाराणसीकै वासिन्दा भएको प्रहरीको भनाइ छ ।
वाराणसी प्रहरीकाअनुसार ती युवकका पिता सरकारी कर्मचारी थिए । उनी अहिले पनि सरकारी भवनमै बस्दै आएका छन् । वाराणसीका एसएसपी अमित पाठकले भने, “शीर मण्डन गरेर जसको भिडियो बनाइएको थियो ती व्यक्ति वाराणसीको भेलुपुर थानाअन्तर्गत पर्ने जल संस्थानमा सरकारी क्वार्टरमा बस्दछन् । युवकका आमाबुवा दुवै जल संस्थान वाराणसीमा सरकारी नौकरी गर्दथे ।”
उनले ती व्यक्तिको वाराणसीकै भोटर कार्ड ९मतदाता परिचयपत्र० र आधार कार्ड देखिएको पनि जानकारी दिए । युवकका पूर्वज नेपालमा कहाँ बस्थे भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको पाठकले बताए । धर्मेन्द्र सिंह नाम गरेका ती व्यक्तिको परिवार लामो समयदेखि बनारसमा रहँदै र परिवारका सदस्यले सरकारी नौकरी गरे पनि मूल रूपमा नेपाली भएको स्थानीय वासिन्दालाई उदेधृत गर्दै बीबीसीले जनाएको छ । एसएसपी पाठकले धर्मेन्द्र सिंहलाई आप्mनो परिवार नेपालको कुन ठाउँबाट वाराणसी आएको हो भन्ने जानकारी नभएको बताएका छन् । बीबीसी







