कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो, संक्रमण दर पनि बढ्यो

जनपत्र
४ श्रावण २०७७, आईतवार ०७:०३

विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख चार हजार १५० पुगेको छ। पछिल्लो समय अमेरिका, ब्राजिल, मेक्सिको र भारतमा हरेक दिन ५०० भन्दा बढीको मृत्यु हुने गरेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या करीब एक लाख ४३ हजार पुगेको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ८०५ जनाको मृत्यु भएको छ। यही अवधिका ब्राजिलमा ८०३, मेक्सिकोमा ७३६ र भारतमा ५४३ जनाको मृत्यु भएको छ।

विश्वमा भाइरस संक्रमण दर पनि बढेको बढ्यै छ। शनिबार एकैदिन अहिलेसम्मकै बढी दुई लाख ५९ हजार ८४८ संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै अल जजिराले जनाएको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा नै फेला परेका छन्। त्यहाँ पछिल्लो २४ घन्टामा ६३ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।

यसअघि गएको बिहिबार एकैदिन सबैभन्दा बढी संक्रमित भेटिएको थियो। उक्त दिन दुई लाख ४९ हजारभन्दा बढी संक्रमित भेटिएका थिए। बिहीबार भने दुई लाख ४० हजारभन्दा केही बढी संक्रमित फेला परेका थिए। ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पनि संक्रमित भेटिने दर बढेको बढ्यै छ। छिमेकी देश भारतमा पछिल्लो २४ घन्टामा ३७ हजार ४०७ नयाँ संक्रमित फेला परेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*