विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघ्याे
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ६ लाख ६ सय ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४० लाख नाघेको छ। शनिबार बिहानसम्म संक्रमितको संख्या १ करोड ४० लाख ३७ हजार २१ पुगेको हो।
७८ लाख १८ हजार ४ सय ९ जना संक्रमित निको भइसकेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३६ लाख ३८ हजार २ पुगेको छ भने १ लाख ३९ हजार १ सय २८ को मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा २० लाख ४६ हजार ३ सय २८ संक्रमित छन् भने ७७ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ।
भारतमा १० लाख ३ हजार ८ सय ३२ संक्रमित छन् भने २५ हजार ६ सय २ को मृत्यु भएको छ। रुसमा ७ लाख ५८ हजार १ संक्रमित छन् भने १२ हजार १ सय ६ जनाको मृत्यु भइसकेको छ।







