अमेरिकामा कोरोनाको कहर : मृत्यु हुनेको संख्या एक लाख ३८ हजार नाघ्यो

जनपत्र
३० असार २०७७, मंगलवार ०६:३१

अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ४६५ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३८ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३८ हजार २४७ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार २६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३४ लाख ७९ हजार १०५ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म १५ लाख ४९ हजार २५५ जना ठिक भएका छन् भने सक्रिय संक्रमित १७ लाख ९१ हजार ६०३ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ९३४ जना आइसीयुमा उपचारत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*