अमेरिकामा २४ घण्टा भित्र ४५ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए

जनपत्र
२१ असार २०७७, आईतवार ०७:४४

अमेरिकामा विगत २४ घण्टामा ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन। अमेरिकामा एकै दिन ४५ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका हुन्।

त्यहाँ पछिल्लो २४ घन्टामा साढे २ सय मानिसको मृत्यु भएको छ। हिजो एकैदिन ब्राजिलमा एक हजार भन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ ३५ हजार नयाँ संक्रमित थपिएका छन्। छिमेकी देश भारतमा हिजो एकैदिन ६१० जनाको मृत्यु भएको छ भने १९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा मेक्सिकोमा ६५४,पेरुमा १८६,रुसमा १६८ र इरानमा १४८ जनाको मृत्यु भएको अन्तरार्ष्ट्रिय संचार माध्यमले जनाएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ५ लाख ३३ हजार मानिसको मृत्यु भएको छ। हालसम्म १ करोड १३ लाख ७० हजार भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये साढे ५८ हजार मानिस गम्भिर अवस्थामा उपचार गराइरहेका छन्। त्यस्तै ६४ लाख २८ हजार उपचारपछि स्वस्थ भएका समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर साढे चार हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ। १ लाख ८९ हजार ४ सय १३ नयाँ संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*