कुवेतमा ६ नेपाली कामदारको मृत्यु भएका ४ नेपालीको सनाखत
कुवेतमा ढिस्कोमा पुरिएर मृत्यु भएका ६ मध्ये वैदेशिक चार नेपालीको सनाखत भएको छ। मृत्यु हुनेमा एकबहादुर गाहा ‘पाल्पा’, गंगाराम चौधरी ‘सिरहा’, वसन्त गुरुङ ‘ताप्लेजुङ’ र श्यामनारायण चौधरी ‘दाङ’ छन् । दुई मृतकको भने सनाखत हुन बाँकी रहेको दूतावासले जनाएको छ।
दुई घाइतेमध्ये धर्मेन्द्रकुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र मनोरथ मण्डल उपचारपछि कम्पनीमा फर्केका छन्। कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।






