नेपालको कामप्रति खुसी छौँ : जोर्गन
अमेरिकी उपसहायक मन्त्री जोर्गन के एन्ड्रीजले नेपालको शान्ति सुरक्षा र न्यायमा सुधारका लागि अमेरिकाले निरन्तर सहयोग गर्ने बताएका छन्। अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला सम्बन्धी उपसहायक मन्त्री एन्ड्रीजले नेपालमा शान्ति सुरक्षा र न्यायका क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकी सहयोगको प्रतिवद्धता जनाए।
नेपाल भ्रमणमा रहेका एन्ड्रीजले शुक्रबार काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले नेपालस्थित अमेरिकी राजदूतावासले नेपालका सुरक्षा निकाय र न्यायालयसँग सुधारका पक्षमा निरन्तर काम गरिरहेको बताए।






