पूर्व बाल लडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काउनु असंवैधानिक : सर्वाेच्च अदालत

जनपत्र
१५ कार्तिक २०७६, शुक्रबार ०६:४०

सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधिक भएको फैसला गरेको छ ।

बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो । फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।

थाइल्याण्डको एउटा कार्यक्रममा गएको २०७५ भदौ ८ जान लाग्नुभएका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*