हेटौंडामा जलवायु परिवर्तन सम्वन्धी छलफल तथा सुझाब संकलन

जनपत्र
४ पुष २०८२, शुक्रबार १७:०४

हेटौंडा । हेटौंडामा जलवायु परिवर्तन सम्वन्धी छलफल तथा सुझाब संकलन कार्यक्रम गरिएको छ । संघीय वन तथा वातावरण मन्त्रालय र बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायु परिवर्तन तथा अनुकुलन राष्ट्रिय कार्यान्वयन योजना तेस्रो मस्यौदा प्रतिवेदनको प्रदेशस्तरीय छलफल तथा सुझाब संकलन कार्यशाला हेटौंडामा भएको हो ।

कार्यक्रमको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले उद्घाटन् गरे । कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण धेरै खालका समस्या बढ्दै गएकाले हरेकले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बेला आएको बताए ।

मन्त्रालयका सचिब डाक्टर केदार बरालको अध्यक्षतामा भएको कार्यक्रममा वन निर्देशनालयका निर्देशक विद्यानाथ झा लगायतकाको आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुलाई स्वागत तथा कार्यक्रमको उदेस्य माथी वन विभागका उपसचिब सुजल सुवेदीले गरेका थिए । कार्यक्रममा प्राविधिक प्रस्तुतीकरण समुह कार्य, समुह माथीको प्रस्तुतीपछी समापन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*