एकैदिन २९ सय बढ्यो सुन

जनपत्र
२५ चैत्र २०८०, आईतवार ११:३९

काठमाडौं । सुनको भाउ एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहीबार सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ६१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*