कुसुमका दुईवटा गीत ट्रेन्डिङमा

जनपत्र
२३ पुष २०८०, सोमबार ०६:२५

८ महिनाअघि सार्वजनिक ‘सकम्बरी’बोलको गीतबाट मोडलिङका उदाएकी हुन कुसुम शर्मा ।

प्रकाश सपूत र उनको अभिनय रहेको सो गीतको भिडियोले दर्शकको निकै माया पाएको थियो । पहिलो भिडियोबाटै बलियो सम्भावना देखिएकी कुसुमले त्यसयता थुप्रै गीतमा मोडलिङ गरिसकेकी छन् ।

यतिबेला उनी फेरि प्रकाश सपूतसँग प्रस्तुत भएको गीत ‘मुटु कटक्कै’ चर्चामा छ । यो गीतले केही दिनयता राम्रो भ्युजका साथ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा कब्जा जमाइरहेको छ ।

यो गीतको चर्चा भइरहँदा कुसुमको अर्को एउटा गीत पनि युट्युब ट्रेन्डिङमा छ । प्रताप दासको स्वर रहेको ‘चाहान्छु ५’ गीतको भिडियोमा कुसुम वरुण अधिकारीसँग प्रस्तुत छिन् । पाँच दिनअघि सार्वजनिक यो गीत यु्ट्युबमा संगीततर्फ ट्रेन्डिङको ११ नम्बरमा परेको छ ।

कुसुम चलचित्रमा समेत डेब्यू गर्ने तयारीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*