ट्वीटरमा नयाँ नियम : नयाँ अकाउन्टबाट दैनिक पाँचसय ट्वीट मात्रै पढ्न पाइने

जनपत्र
१७ असार २०८०, आईतवार १०:१४

काठमाण्डौ – सामाजिक सञ्जाल ट्वीटरका मालिक एलोन मस्कले ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गर्नुभएको छ ।

मस्कका अनुसार अब भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार वटा ट्वीट पढन पाइनेछ ।

यस्तै भेरिफाइड नभएका अकाउन्टबाट दिनमा एक हजार र नयाँ ट्वीटर अकाउन्टबाट दैनिक पाँच सयका दरले ट्वीट पढ्न पाइनेछ ।

मस्कले ट्वीट पढ्न पाउने संख्यालाई पटक पटक संशोधन गर्नुभएको छ । शुरुमा शनिवार दिउँसो उहाँले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइने बताउनुभएको थियो ।

त्यस्तै, अनभेरिफाइड अकाउन्टबाट प्रतिदिन ६ सय र नयाँ खाताबाट ३ सय वटा मात्रै ट्विट पढ्न पाइने उहाँको भनाइ थियो ।

तर केहीबेरमा अर्को ट्वीट गर्दै उहाँले भेरिफाइड अकाउन्टबाट ८ हजार, अनभेरिफाइड अकाउन्टबाट ८ सय र नयाँ प्रयोगकर्ताले ४ सय वटा मात्रै ट्वीट पढ्न पाउने उल्लेख गर्नुभयो ।

अन्तमा मस्कले भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार, भेरिफाइड नभएका अकाउन्टबाट एक हजार र नयाँ ट्वीटर खाताबाट दैनिक पाँच सयका दरले ट्वीट गर्न पाइने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*