आइसिसी विश्वकप छनोटमा युएईको लगातार चौँथो हार

जनपत्र
१३ असार २०८०, बुधबार ०७:४७

आयरल्यान्डले आइसिसी विश्वकप छनोटमा युएईलाई हराएको छ। ओपनर पल स्टर्लिङको सानदार शतकमा आयरल्यान्डले युएईलाई हराएको हो।प्रतियोगिताको पहिलो जित निकाल्ने क्रममा आयरल्यान्डले १ सय ३८ रनको सानदार जित हात पारेको हो।

प्रतियोगिताको समूह चरणका चार खेल युएईले जित बिहिन रुपमा सकाएको छ। आयरल्यान्डले दिएको ३ सय ५० रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा २ सय ११ रनमा अलआउट भयो। युएईका लागि सन्चित शर्माले ५४ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । ओपनर मुहम्मद वासिम र आर्याशं शर्माले पहिलो विकेटका लागि ४४ बलमा ५८ रनको साझेदारी गरेर राम्रो सुरुआत दिलाएका थिए।

वासिमले ३२ बलमा ६ र्चाका र २ छक्काको सहयोगमा ४५ रन बनाए । शर्माले २६ बलमा १८ रन बनाए । त्यसपछि खेलाडीबीच कुनै राम्रो साझेदारी हुन सकेन। सातौं विकेटका लागि वासिल हमिद र सन्चित शर्माले ८६ बलमा ७० रनको साझेदारी गरेर युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए। वासिल हमिदले ५२ बलमा ३ छक्काको सहयोगमा ३९ रन बनाए।

आयल्यान्डका लागि कुर्टिस क्यामफेर, जोशुवा लिटिल र एन्डि म्याकब्रिड र जर्ज डकरेलले समान २र२ विकेट लिए।त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो।

आयरल्यान्डका ओपनर पल स्टर्लिङले १ सय ३४ बलमा १५ चौका र ८ छक्कासहित १ सय ६२ रनको सानदार शतकीय इनिङ खेले। ओडिआई करिअरको १४ औं शतक उनले १ सय बलमा पूरा गरेका थिए।

कप्तान एन्डी बालबर्नी ८८ बलमा ५ चौका र १ छक्कासहित ६६ रनको अर्धशतकीय ईनिङ खेले। दोस्रो विकेटका लागि स्टर्लिङ र बालबर्नीले १ सय ८४ रनको शतकीय साझेदारी गरेका थिए। ह्यारी टेक्टर ३३ बलमा ४ चौका र २ छक्कासहित ५७ रनमा आउट भए ।

लोर्कान टकर १९ र जर्ज डोकरेल १५ रनमा अविजित रहे। युएईका लागि सन्चित शर्माले ३ तथा अली नासिरले १ विकेट लिए। जितसँगै आयरल्यान्ड समूह बी को चौँथो स्थानमा रहेको छ। पुछारमा रहेको युएईले भने प्लेअफमा नेपालसँग खेल्नेछ। नेपाल र युएईबीचको खेल आगामी आइतबार हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*