सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क पहिलो : सिङ्गापुर एक स्थान तल झर्यो

जनपत्र
१२ असार २०८०, मंगलवार ०७:३१

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ । आयरल्यान्ड र स्विट्जरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न सर्वेक्षण, साङ्खिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी इन्टरनेशनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सिङ्गापुर एक स्थान तल झरेको छ ।

आईएमडीको वर्ल्ड कम्पिटिटिभनेस सेन्टर (डब्लूसीसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा ६४ वटा अर्थतन्त्र बलियो भएका देशमध्ये सिङ्गापुर चौथो स्थानमा रहेको जनाएको छ । डब्लूसीसीले देशको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० र उत्पादकत्वका अतिरिक्त उद्यमहरूले राजनीतिक, सामाजिक र सांस्कृतिक कारकहरूसँग कसरी सामना गर्छन् भन्ने विषयलाई मूल्याङ्कन गरी वरीयता सार्वजनिक गर्छ ।

शीर्ष १० मा नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ भने ताइवान, हङकङ, स्वीडेन, अमेरिका र यूएई क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् । सन् २०१९ देखि २०२१ सम्म लगातार ४३औं स्थानमा रहेको भारत तीन स्थान तल झरेर ४० औँ स्थानमा छ । रिपोर्ट आधारअनुसार भारतले सरकारी दक्षतामा सुधार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*