काभा पुरुष भलिबलकाे अन्तिम खेलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

जनपत्र
१० असार २०८०, आईतवार ०७:२३

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ।

नेपाल आज पहिलो जितको खोजीमा रहेको छ। नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो। तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो।

यस्तै शुक्रबार किर्गिस्तानको (बी) टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको थियो। काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल पुछारमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*