अमेरिका विश्व कप छनाेटबाट बाहिरियाे
अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनोटबाट बाहिरिएको छ । लगातार तेस्रो हारसँगै अमेरिका एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । अमेरिकाको (सुपर सिक्स) हुँदै विश्व कप खेल्ने सम्भावना सकिएको हो ।
हिजो बिहीवार भएको खेलमा अमेरिका नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो । अमेरिकाले दिएको २ सय १२ रनको लक्ष्य नेदरल्यान्ड्सले ४३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका कप्तान एवम् विकेटकिपर स्कट इडवार्ड्सले नटआउट ६७ र तेजा निदामनुरुले ५८ रन बनाए । अमेरिकाका जसदीप सिंहले २ विकेट लिए ।
यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनायो । अमेरिकाका शयन जहाङ्गिरले सर्वाधिक ७१ रन बनाए । यस्तै जेसी सिंहले ३८ र गजानन्द सिंहले ३३ रन बनाए । नेदरल्यान्ड्सका रायन क्लेइन र बास दि लिदेले २र२ विकेट लिए ।
समूह (ए) मा वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेदरल्यान्ड्स तेस्रो र अमेरिका पुछारमा छ ।







