विश्वकप छनोटमा जिम्बाब्वेसँग भिड्दै नेपाल, इतिहास रच्ने मौका
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट आइतबारदेखि जिम्बाब्वेमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक जिम्बाब्वे भिड्दै छन् ।
जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई हराएर विजयी सुरुवात गर्ने रणनीतिमा छ । हाल आइसिसी ओडिआई वरियतामा जिम्बाब्वे ११ औँ र नेपाल १४ औँ स्थानमा छ । नेपाल र जिम्बाब्वेबीचको खेलको लाइभ स्टार स्पोर्ट्सबाट हेर्न सकिनेछ ।
जिम्बाब्वेविरुद्ध नेपालको ओपनिङ ब्याटिङको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखलले सम्हाल्ने छन् । उनीहरूले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यस्तै, तेस्रोमा भीम सार्की, चौथोमा कप्तान रोहितकुमार पौडेल, पाँचौं स्थानमा कुशल मल्लले मौका पाउने सम्भावना उच्च छ ।
यदि जिम्बाब्वेविरुद्ध मौका पाए उनको यो डेब्यू म्याच हुनेछ । पहिलो खेलमा ज्ञानेन्द्र मल्ल, ललितनारायण राजवंशी, अर्जुन साउँद र प्रतिश जिसी प्लेइङ–११ को हिस्सा बन्ने सम्भावना कम छ ।
जिम्बाब्वेको टोली : रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जाेंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स ।







