नेपाली महिला क्रिकेट टिमले आज भारतसँग खेल्दै
नेपालले हङकङमा जारी एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको दोस्रो खेलमा आज भारतको सामना गर्दै छ ।
समुह ए अन्तर्गत नेपालले आज भारत ए टिमको सामना गर्ने भएको छ । यो खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि शुरु हुने छ ।
यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरिसकेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल पाकिस्तान एसँग ९ रनले हारेको थियो ।
१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समुह ए मा रहेको छ ।
नेपालले अब आफ्नो समुह चरणको अन्तिम खेल १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।
नेपाली टीम( रुबिना क्षेत्री ९कप्तान०, सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।







