मोबाइलमा खेल्ने १३ वर्षीया छोरीले आमाको खाताबाट ८० लाख गायब गरिदिएपछि पुर्पुरोमा हात
छोरीलाई मोबाइलमा खेल्न दिने आमाले यतिबेला पछुताउनु परेको घटना चीनमा सार्वजनिक भएको छ ।
स्कूल पढ्ने १३ वर्षीया छोरी मोबाइलमा धेरै व्यस्त हुन थालेपछि आमाले शिक्षकसँग गुनासो गरिन् । शिक्षकले कस्तो खालको अनलाइन गेम खेल्ने गरेको भनेर हेर्दा उनले ‘पे टु प्ले’ गेम खेल्ने गरेको खुलासा भयो ।
यसपछि आमाले आफ्नो बैंक खाता चेक गर्दा अनलाइन गेममा ८० लाख रुपैयाँ खर्च गरिसकेको पाइएको छ । मेहनत गरेर कमाएको पैसा छोरीले अनलाइन गेममा उडाएपछि यतिबेला आमाको पुर्पुरोमा हात भएको छ । अब उनको बैंक खातामा ५ रुपैयाँ मात्रै बाँकी रहेका रिपोर्टमा उल्लेख छ ।एजेन्सी







