दुई प्रतिस्पर्धी चीन र अमेरिका सगरमाथा आरोहणमा पनि अघिपछि

जनपत्र
४ जेष्ठ २०८०, बिहीबार ०६:४४

आर्थिक लगायतका क्षेत्रमा प्रतिस्पर्धामा रहेका विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिका यसपालि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति पाएका आरोहीहरूको सङ्ख्यात्मक हिसाबले केही नजिकनजिक देखिएका छन्।

नेपाली अधिकारीहरूका अनुसार यो वसन्त ऋतुमा हालसम्मकै सर्वाधिक आरोहीहरूले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

यो ऋतुमा २८ वटा हिमाल आरोहणका लागि कुल ६५ देशका १,१७६ जनालाई अनुमति दिइएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले बताए।

तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४७८ जनाले अनुमति लिएको पर्वतारोहण शाखाको तथ्याङ्क छ। त्यसमा ३७६ जना पुरुष र १०२ जना महिला रहेका छन्।

“सबैभन्दा बढी चीनबाट ९७ जना (२५ महिला र ७२ जना पुरुष) रहेका छन्। चीनलाई अमेरिकाले पछ्याएको छ जहाँका १३ महिला र ७६ पुरुष गरी ८९ जना छन्,” खतिवडाले भने।बीबीसी नेपालीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*