अमेरिकाको एक बैंकमा बन्धुकधारीको आक्रमण, ५ जनाको मृत्यु

जनपत्र
२८ चैत्र २०७९, मंगलवार ०८:२५

अमेरिकाको केन्टकी सहरस्थित एक बैंकमा गोली चल्दा आक्रमणकारीसहित ५ जनाको मृत्यु भएको छ। आक्रमणमा परेर ९ जना घाइते भएकाछन्।

ओल्ड नेसनल बैंकका २३ वर्षीय कर्मचारी कोन्नोर स्टर्जेओनले आफैँ कार्यरत बैंक भित्र सोमबार अन्धाधुन्ध गोली चलाएको लुइसभिल मेट्रो प्रहरी विभागले जनाएको छ।

सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा आक्रमणकारीको मृत्यु भएको छ। घाइते ९ जनामध्ये तीन प्रहरी अधिकारी रहेका छन्। जसमा एक प्रहरी अधिकारी र अन्य दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

आक्रमणमा मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेरका समूहका छन। प्रारम्भिक जानकारीमा पाँच जनाको मृत्यु भएको खबर दिइएको थियो। तर, उक्त संख्यामा आक्रमणकारीलाई समेत जोडिएको अधिकारीहरुले बताएका छन्।

बन्दुकधारी युवकले आक्रमणको समयमा इस्टाग्राममार्फत प्रत्यक्ष प्रसारण गरेकोसमेत प्रहरीले पुष्टि गरेको छ। आक्रमणको घटनाप्रति राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*