भारतमा बढ्दैछ कोरोना, के भन्छन् विज्ञ ?

जनपत्र
१५ चैत्र २०७९, बुधबार ०७:०७

भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जान थालेको छ ।

केही हप्तायता राजधानी नयाँदिल्ली लगायत अन्य प्रदेशमा संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दिल्लीमा संक्रमितको संख्या २०० भन्दा बढी पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा दिल्लीमा २१४ संक्रमित फेला परेका छन् ।

महाराष्ट्रमा कोरोनाका कारण मृत्यु भएका घटना समेत सार्वजनिक हुन थालेका छन् । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा कोरोनाका ४५० संक्रमित फेला परेकोमा ३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा एम्स अस्पतालका पूर्व निर्देशक डा। रणदीप गुलेरियाले धेरै चिन्तित हुने अवस्था नरहेको जनाएका छन् । ‘संक्रमित बढिरहेका छन् तर गम्भीर बिरामी भइरहेका छैनन्, त्यसैले धेरै चिन्ता मान्नु पर्दैन,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*