मनहरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

जनपत्र
२४ असार २०७६, मंगलवार ०६:११

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ रुपाचुरीमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । गएराती साढे ८ बजेको समयमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रुपाचुरीका १६ बर्षिय सञ्चलाल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिधुतिय लाइनमा मोवाइल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु भएका प्रजाको पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*