जेलमा रहेका जनशक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल

जनपत्र
८ असार २०७६, आईतवार १८:५२

हेटौंडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले देशभरीका जेलमा ठुलो जनशक्ति रहेकाले उनीहरुलाई रोजगारी संग जोडिनुपर्ने बताउनुभएको छ । जेलमा रहेका जनशक्तिलाई आयआर्जन संग जोडेमा सहज हुने बताउनुभयो । कैदी बन्दी बस्ने जेलमा भौतिक संरचनामा सुधार गर्नु अहिलेको पहिलो आवस्यक्ता रहेको उहाँले बताउनुभएको छ ।

कारागार ब्यावस्थापन बिभाग काठमाण्डौंको आयोजनामा कारागार ब्यावस्थापन सम्बन्धी प्रदेश स्तरिय समन्वय गोष्ठीको आज हेटौंमा उद्घाटन् गर्दै उहाँले समग्र जेलको समस्या पहिचान गरेर सुधार गर्न तर्फ प्रदेश सरकार र जेलको प्रशासन लाग्नुपर्ने बताउनुभयो ।

चितवनको जेलमा अहिले पनि एक पछी अर्को सुत्नुपर्ने अवस्था भएकाले यसमा सुधार गर्नुको बिकल्प नरहेको उहाँले बताउनुभयो । धेरै खालका समस्या भएकाले अब कानुनी रुपमानै जेलको सुधार गर्न लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–‘म पनि चार बर्ष देशका बिभीन्न जेलमा बसेको छु । ती जेलको अवस्था मलाई थाहा छ । त्यसैले अहिलेको अवस्थाबाट सुधार गर्नै पर्छ ।’ जेल प्रशासनले नीति नियम, कानुन संगै आचरण पनि सुधार गर्नुपर्ने मन्त्री जमकट्टेलले बताउनुभयो । अहिले जेलर भन्दा ठुलो चौकिदार भएकाले यो प्रथाको अन्त्य गरिनुपर्ने बताउनुभयो । हाम्रा नीति काजगमा लेखिने तर, ब्यवहारमा लागू नहुने समस्या रहेको उहाँको भनाई छ ।

कारागार ब्यवस्थापन बिभागका महानिर्देशक हरिप्रसाद मैनालीले देशका सातवटै प्रदेशमा कारागारका एकै खालका समस्या रहेकाले यी समस्या समाधान गर्नका लागि आफूहरु लागिपरेको बताउनुभयो । कारागारमा भौतिक पूर्बाधारको अभाब, सेवा सूबिधामा समस्या, पानीको अभाब लगायतका समस्याहरु रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ भित्रका १३ वटा जिल्लाका कारागारबाट सहभागि जेलरहरुले कारागारको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*