नेकपाको वैधानिकता नटुंगिँदै मकवानपुरका वडा तह सम्म विभाजन सुरु, हेटौंडाको पार्टी कार्यालयमा दुबै पक्षको दावि

जनपत्र
१० पुष २०७७, शुक्रबार ०८:२८

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारीक रुपमा विभाजन टुङ्गी सकेको छैन । तर, नेपाल कम्युनिष्ट पार्टी केपी ओली समुहको की पुस्पकमल दाहाल प्रचण्ड र माधब नेपाल समुहको न्ने टुङ्गो लागेको छैन । यसलाई निर्वाचन आयोगले टुङ्गो लगाउन बाँकी छ । तर, नेकपा मकवानपुर जिल्ला कमिटी छुट्टी सकेको छ । ओली समुह र नेपाल प्रचण्ड समुहमा ।

मकवानपुर जिल्लाका वडा तह सम्म आफ्ना पक्षमा न्ता र कार्यकर्ता पार्नका लागि दुबै पक्ष लागिपरेका छन् । वडा, स्थानीयतहमा कस्तो आफ्नो संरचना वन्ने भन्ने टुङ्गो दुबै पक्षको लागिसेकको छैन । नेकपा मकवानपुरको जिल्ला पार्टी कार्यालय दुबै पक्षले आफ्नो भएको दावि गरेका छन् ।

प्रचण्ड नेपाल समुह र ओली समुह दुबैले पार्टी कार्यालय आफ्नो भएको दावि गरेका हुन् । दुबैले आफ्ना गुटगत गतिबिधि नगर्नका लागि सार्वजनिक रुपमा चेतावनी समेत दिएका छन् । अबको दुई साताभित्र वडा तहसम्मै विभाजन हुने कार्यक्रम सार्वजनिक भएको छ । दुवै समूह (ओली र प्रचण्ड–माधव) यति रफ्तारमा छुट्टै पार्टी संरचना निर्माण गर्नतिर कस्सिएका छन् कि एकताको २९ महिनामा मिल्न सकस परिरहेको पार्टी, पुस मसान्तअघि नै वडातहसम्मै दुई भागमा बाँडिँदै छ ।

पुस ७ मा छुट्टा–छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएर विभाजनको प्रष्ट संकेत दिने गरी निर्णय गरेका दुवै समूहले विहीबार एकैपटक र समयमा केन्द्रीय कमिटी बैठक राखेर वडासम्मै विभाजनको कार्यक्रम तय गरेका छन् ।बबरमहलमा सकिएको बैठकबाट प्रचण्ड(माधव समूहले पुस २५ सम्म वडासम्मै विभाजनको कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार, पुस ९ मा माइतीघर मण्डलामा सांसद र केन्द्रीय सदस्यहरुको भेला गरेर सर्वोच्च अदालत जाने अनि दिउँसो २ बजे पत्रकार सम्मेलन हुने छ ।

पुस ११ मा सबै प्रदेश कमिटीको बैठक बस्ने र पुस १२ मा ७७ वटै जिल्ला भेला र बैठक गर्ने प्रचण्ड(माधव समूहले निर्णय गरेको छ । त्यसैगरी, पुस १४ मा राजधानी उपत्यकासहित सबै जिल्लामा प्रदर्शन गरिने छ । त्यसै दिन जनसंगठनहरुको राजधानी उपत्यकामा भेला हुनेछ भने पुस २० मा सबै पालिकामा बैठक तथा भेला र पुस २५ मा वडा भेलाहरु हुनेछन् । अर्थात्, यो महिनाभित्रै पार्टी विभाजनमा माथिदेखि तलसम्म छुट्टै संरचनाहरु निर्माण हुने लगभग पक्का भएको छ ।

प्रचण्ड–माधव समूहले जस्तै ओली समूहको बैठकले तालिकाबद्ध कार्यक्रम त तय गरेको छैन । तर, चार दिनयताको गतिविधि हेर्दा ओली समूहले पनि प्रचण्ड(माधव समूहलाई जित्ने गरी गतिविधि र निर्णयहरु गर्ने अनुमान गर्न गाह्रो पर्दैन ।

प्रचण्ड(माधव समूहले शुरुबाटै बैठकबाटै निर्णय गरेरै कार्यक्रम तालिका घोषणा गर्ने अनि त्यसलाई काउण्टर दिने गरी ओली समूहको गतिविधि हुने गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटनको प्रस्ताव अनुमोदन गरेपछि त्यसैदिन अपरान्ह प्रचण्ड(माधव समूहले स्थायी कमिटी बैठक राखेर तीन दिनसम्म हुने कार्यक्रमको तालिका तय गर्‍यो ।

प्रचण्ड(माधव समूहले पुस ६ दिउँसो एक बजे सांसदहरुको भेला राखेपछि त्यसलाई जित्ने गरी बिहानै ९ बजे नै ओली समूहका सांसदहरुलाई बालुवाटार बोलाइयो ।

पुस ७ दिउँसो एक बजे प्रचण्ड(माधव समूहको केन्द्रीय सदस्यहरुको भेला दुई दिन अगाडि नै तय भएको थियो । पुस ६ दिउँसोसम्म ओली समूहका केन्द्रीय नेताहरुको भेलाबारे थाहा थिएन । एकाएक साँझ जानकारी दिँदै प्रचण्ड(माधव समूहलाई उछिन्ने गरी बिहान ९ बजे नै केन्द्रीय सदस्यहरुलाई सरकारी निवास बालुवाटारमा बोलाइयो ।

एकअर्कालाई कार्बाहीको निर्णयमा पनि ओली समूह नै अगाडि देखिएको छ । नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय भएको केही घण्टापछि बसेको प्रचण्ड(माधव समूहको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ता बनाइयो भने केपी ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष नियुक्त गर्ने अर्को समूहले निर्णय गर्‍यो ।

इत्तर समूहमा लाग्नेलाई हटाएर त्यसको ठाउँमा आफ्नो पक्षलाई जिम्मेवारी दिने कार्यलाई ओली समूहले विहीबारसम्म कायमै राखेको छ । ओली समूहको केन्द्रीय समिति बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इञ्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी तोकेको छ ।

प्रदेश १ मा भीम आचार्य हटाएर सुवास नेम्वाङलाई इञ्चार्ज बनाइएको छ । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य हटाएर ईश्वर पोखरेललाई राखिएको छ । कणरलीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई इञ्चार्ज बनाइएको छ भने सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई इञ्चार्ज तोकिएको छ । प्रदेश २, गण्डकी र लुम्बिनीमा भने ओली समूहकै इञ्चार्ज थिए, उनीहरु यथावत रहेका छन् ।

प्रचण्ड समूह छाडेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीलाई जनसंगठन इञ्चार्ज तोकेर ओली समूहले पार्टी विभाजनको सबै क्षेत्र समेट्ने प्रयास गरेको देखिन्छ । रायमाझीले पाएको जिम्मेवारीले गैरभौगोलिक संगठन विभाजनको कार्यक्रम तय गर्नेछ । तर, विहीबार मात्रै ओली पक्षको बैठकमा सहभागी बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई भने संगठनको ठोस जिम्मेवारी दिइएको छैन ।

वडा तहसम्म पुग्ने गरी तालिकावद्ध कार्यक्रम घोषणा नगरिए पनि प्रदेश इञ्चार्जहरु तोकिएकाले उनीहरुलाई त्यसबारे निर्णय लिने अख्तियारी दिइएको ओली समूहका केन्द्रीय सदस्य कृष्ण राई बताउँछन् । ‘तालिकावद्ध कार्यक्रम त घोषणा गरिएको छैन, तर, इञ्चार्जहरु तोकिएकाले उहाँहरुले नै कार्यक्रम बनाउनुहुन्छ’, राई भन्छन् ।

अर्थात्, आगामी कार्यक्रम पनि प्रचण्ड र माधव समूहलाई उछिन्नेगरी नै तय हुन सक्छ । किनभने, ओली समूहले काठमाडौंमा उपलब्ध नेता(कार्यकर्तालाई राखेर यहीँबाट सातै प्रदेशको भेला बुधबार नै गरिसकेको छ ।

पुस २५ सम्म वडा तहमा पुग्ने कार्यक्रम घोषणा गरेको प्रचण्ड(माधव समूहले त्यसपछि दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । तर, यो समूहले ओली समूहले जस्तै नेताहरुको कार्यविभाजन भने गरेको छैन । कतिसम्म भने विष्णुप्रसाद पौडेल ओली समूहको महासचिव बनेपछि रिक्त महासचिवको परिपूर्ति समेत हुन सकेको छैन । यो समूहको जोड पहिले वडासम्म विभाजित संरचना निर्माणमा देखिन्छ ।

वडासम्म विभाजनको प्रतिस्पर्धामा उत्रने कार्यक्रम तय भए पनि कुन समूह नेकपा हो र कसले नयाँ नाम राख्नुपर्नेसम्म टुंगिन बाँकी छ । दुबै समूहले पार्टीको संगठन, नाम र निर्वाचन चिन्ह दाबी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*