ओली भेलाको निष्कर्षः ‘अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, अर्को पक्ष अवैधानिक’
काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको भेलाले प्रचण्ड पक्षका सबै भेला र निर्णय अवैधानिक भएको दाबी गरेको छ ।
‘अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, बैठकको लागि सूचना दिनुपर्छ, हामीले सूचना दिएर बैठक डाकेका छौँ, निर्णय भएको छ, त्यसैले नेकपाको आधिकारिक बैठक यही नै हो, अरु निर्णय त हामीले चिन्दैनौँ।’
केन्द्रीय समितिको बैठकले कसैलाई पनि कारबाही नगरेको र नेकपा एक ढिक्का भएको ज्ञवालीको दाबी छ । केही व्यक्तिका कारण पार्टी नफुट्ने भन्दै ज्ञवालीले संसद विघटन भएको तर पार्टी नभएको हेक्का राख्न पनि सुझाव दिएका छन् ।







