नेकपा केन्द्रीय सदस्यमा मकवानपुरका थप ५ जना मनोनित
हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्यमा मकवानपुरका ५ जना थपिएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा मकवानपुरका ५ जनालाई मनोनित गरिएको हो।
मनोनित हुनेमा मकवानपुरका रामचन्द्र राई, अनन्त पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ र विद्यार्थी नेता महेष बर्तौला रहेका छन् । यसअघि केन्द्रिय कमिटीमा रहेका बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणि पौडेल र रामेश्वर राना केन्द्रिय कमिटीमा कायमै रहेका छन्।
बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा मकवानपुरका ५ जना सहित ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।
नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराए थिए ।
बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।बैठकले पार्टीको महाधिवेशन आउँदो मंसिर २ गते ९२०७८० मा गर्ने प्रस्ताव पारित गरेको छ । प्रहरखवरबाट साभार ।







