अजरबैजानमा रहेका आफ्ना नागरिकलाई भिडभाडमा नजान अमेरिकाको अपिल

जनपत्र
९ कार्तिक २०७७, आईतवार १९:२७

अमेरिकाले अजरबैजानमा रहेका आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल गरेको छ ।

नागोर्नो काराबाखमा अर्मेनिया र अजरबैजानबीच संघर्ष चलिरहेकाले आफ्ना नागरिक निसानामा पर्न सक्ने भन्दै विदेशी गइरहने होटल लगायत भिडभाडमा नजान अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको हो ।

अजरबैजानमा रहेको अमेरिकी दूतावासले अमेरिकीसँगै अरु नागरिक पनि चरमपन्थीको आक्रमण वा अपहरणमा पर्न सक्ने सूचना आएको भन्दै आफ्ना नागरिकलाई सुरक्षित बस्न अपील गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*