मकवानपुरको पानारोमा रिसोटमा वसेका आठै जना भारतिय पर्यटकको मृत्यु

जनपत्र
७ माघ २०७६, मंगलवार १२:१७

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ स्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भएका आठै जना पर्यटकको मृत्यु भएको छ । उनीहरु वेहोस भएपछी काठमाण्डौ लगिएको थियो । काठमाण्डौको हेम्स अस्पतालका डाक्टरहरुले बेहोस रहेका आठै जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।

सात जना बेहोस र एक जना मृत्यु भएका समेतलाई काठमाण्डौ लगिएको थियो । हेलीकोप्टर मार्फत सवैलाई काठमाण्डौ लगिएको र अहिले भने मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो ।

होलटमा सुतिरएक आठैजना भारतीय नागरिक मृतक घोषणा गरिएको र अरु  अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको हो । उनीहरू भारतको केरला प्रदेशका भएको बुझिएको छ ।

मृतक ८ जनाको पहिचान खुलेको छैन । ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल घुम्न आएको १५ जनाको समूहमा सम्मिलित उनीहरु मध्ये ७ जना सुतेको कोठामा एक जना भारतीय नागरिक मृत भेटिएको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएकोहुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । उनीहरु कटेजमा बसेका थिए । टोलीमा १५ जना रहेका थिए ।

रिसोर्टका भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकाश तामाङले वताउनुभयो । थाहानगरबाट ‘यहाँबाट हेम्स अस्पतालमा पठाइएको थियो ।’ अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै विदेशी पर्यटकको मृत्यु भइसकेको बताउनुभयो ।

‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।’ उहाँले वताउनुभयो । प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*