बागमती प्रदेश लोकसेवा आयोगका दुईजना सदस्यको हेटौंडामा सपथग्रहण

जनपत्र
६ माघ २०७६, सोमबार १६:२८

हेटौंडा । बागमती प्रदेश लोकसेवा आयोगका सदस्यमा सिफारिस दुईजना सदस्यको आज प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष शुरेसमान श्रेष्ठले सदस्य सुर्दशन ढकाल र सर्मिला न्यौपानेलाई सपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठको उपस्थितीमा सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख प्रसाईले सपथ खाएजसरीनै नेपाली जनताको पक्षमा काम गर्नका लागि आग्रह गर्नुभयो । प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलका नेताको सिफारिसमा दुईजना सदस्य सिफारिस गरिएको थियो । यसअघिनै आयोगको अध्यक्षमा सुरेशमान श्रेष्ठले काम गर्दै आउनुभएको छ ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशका प्रमुख सचिव तोयम राय लगायतकाको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*