हेटौंडाका अपाङ्गता भएकालाई हवील चियर र टुहुरा वालबालिकालाई विद्यालय सामाग्री
हेटौंडा । हेटौंडामा अपाङ्गता भएका कारण हडिडुल गर्न वषौदेखि समस्या भोग्दै आएका दुईजनालाई ह्वील चियर वितरण गरिएको छ । ह्वील चियर नहुँदा समस्या भोग्दै आएका दुईजनालाई सुविधा युक्त ह्वीलचियर वितरण गरिएको हो । हेटौंडाको वसामाडीका केही वालबालिकाहरुलाई भने विद्यालय सामाग्री वितरण गरिएको छ ।

शारिरिक रुपमा अपाङ्गता भएका हेटौंडाका दुईजनालाई रोटरी क्लव अफ हेटौंडाले ह्वील चियर वितरण गरेको हो । दुईजना पूर्ण रुपमा असक्त भएकाहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ह्वील चियर हस्तान्तरण गर्नुभयो । हेटौंडा ५ को लक्ष्मी आधारभूत विद्यालयमा पाँच कक्षामा अध्ययनरत विनीता घलान र हेटौंडा ९ का २८ वर्षिय इशवर मिश्रलाई ह्वील चियर वितरण गरिएको हो ।

पूर्ण रुपमा शारिरिक असक्त भएको देखेपछी रोटरी क्लव मार्फत हिडडुल गर्नका लागि सजिलो होस भन्ने उदेश्यले ह्वील चियर वितरण गरिएको मेयर महतले वताउनुभयो । समाजमा असक्तभएकाहरुलाई स्थानीय सरकार संगै सामाजिक क्षेत्रका संघसंस्थाहरुले सहयोग गर्नुपर्ने उहाँले वताउनुभयो ।
विपन्न परिवारलाई आयआर्जनमा सहयोग
रोटरी क्लव अफ हेटौंडाले हेटौंडा नौ को विपन्न महिला समुहलाई आयआर्जनका काम गर्नका लागि सहयोग गरेको छ । आर्थिक रुपमा गरिवी रहेका सात जनालाई आयआर्जनका काम गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २ लाख १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले रोटरी क्लवले सहकारी मार्फत रकम हस्तान्तरण गरेको हो ।

विना व्याजको रकम आयआर्जनको काम गर्नका लागि दिइएको हो । पछी आयआर्जन गरेपछी सावाँ रकम मात्र फिर्ता गर्नुपर्ने छ । कार्यक्रम रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष इन्द्र नेपालको अध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौंडा नौका वडाअध्यक्ष लक्षण प्रसाद भण्डारी, रोटरी क्लव हेटौंडाका उपाध्यक्ष रामप्रसाद शर्मा, सचिव प्रमेश प्रधान, डाइरेक्टर अर्जुन सुवेदी, सदस्यहरु अर्पण सञ्जेल, दुर्गा विष्ठ लगायतकाको कार्यक्रममा सहभागिता रहेको थियो ।
टुहुरा वालबालिकालाई विद्यालय सामाग्री
हेटौंडा उपमहानगरपालिकाले असहाय वालबालिकाका लागि आज विद्यालय पोसाक, झोला, कापी र कलम वितरण गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा ३ महेन्द्र किरण माध्यमिक विद्यालयमा अध्ययनरत ८ जनालाई विद्यालयका सामाग्री हस्तान्तरण गर्नुभयो ।

विशेषगरी बावु आमा नभएका, दुखी, अत्यन्त गरिव, असहाय, वेसहारा वालबालिकाका लागि सामाग्री हस्तान्तरण गर्नुभयो । गरिवी र आमा, बावु नभएका कारण पढ्न नपाउने समस्याबाट मुक्ति दिलाउनका लागि सहयोग सामाग्री हस्तान्तरण गरिएको मेयर महतले वताउनुभयो । पढ्नबाट वन्चित बालबालिकाका लागि उपमहानगरपालिकाले सदैव सहयोग गर्ने उहाँले वताउनुभयो ।







