न्यायीक समितिमा रहेर निश्पक्ष रुपमा काम गरौ–कानून मन्त्री जमट्टेल
हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले न्यायीक समितिमा रहेर निश्पक्ष रुपमा काम गर्नका लागि उपप्रमुखहरुलाई निर्देशन दिनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा योजना तर्जुमा, राजश्व अनुगमन तथा न्यायीक विषयक प्रशिक्षण कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्र्दै उहाँले जनप्रतिनिधिले गर्ने काममा नयाँ पन आउनुपर्ने वताउनुभयो ।
नयाँ अभ्यासमा काम गर्दा पनि जनतालाई केन्द्रीत गरेर काम गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले स्थानीय तहमा न्यायीक समितिका काममा सघाउनका लागि कानूनी सहजकर्ता पठाइएको वताउँदै भन्नुभयो–‘कानूनी सहजकर्ता पठाएका स्थानीय तहमा धेरैले राम्रो संग काम गरेका छन् । तर, केही स्थानीय तहमा हाजिर समेत नगराउने समस्या समेत परेको छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, भरतपुर महाँनगरपालिकाका उपप्रमुख पार्वती ठकुरी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







