पानी परेपछी मकवानपुरका किसानलाई राहत

आज दिनभरि नै पानी पर्ने, भाेलिदेखि माैसममा सुधार हुने
जनपत्र
३ माघ २०७६, शुक्रबार ०७:५१

हेटौंडा । पानी परेपछी मकवानपुरका किसानलाई राहत पुगेको छ । मकवानपुरका पानी लाग्ने र नलाग्ने खेत र बारीमा किसानले लगाएको अन्न वालीमा सहज भएको किसानहरुले वताएका छन् । खेत, बारीमा लगाएको गहुँ, मकै, तोरी, आलु लगायतका अन्न बाली र तरकारी वालीमा सजिलो भएको हो । अहिले मकवानपुर सहित देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।

वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो ।

उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*