वागमती प्रदेशको स्थायी राजधानी हेटौंडा भएसगै सातै मन्त्रालय निर्माण गर्ने चटारो
हेटौंडा । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा तोकिएसंगै अव प्रदेशसभा र प्रदेश सरकारले स्थायी संरचना वनाउनका लागि चटारो वढेको छ । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालयहरु, मन्त्रालय अन्तरगतका निर्देशनालयहरु निर्माण गर्ने हतारो पनि उत्तिकै वढेको छ । पहिले हेटौंडामा भएका संरचनामा साघुरो रुपमा वसेपनि अव भने मन्त्रालयकै भवन निर्माण गर्ने तयारी गर्न थालिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेलले वताउनुभयो ।
पहिलेकै संरचनामा वसेकाले केही मन्त्रालयमा वर्षायाममा पानी चुहिने, साघुरा कोठा, भवन अभावका समस्या छन् । त्यस्ता समस्या हुन नदिनका लागि अव वजेटको सुनिश्चितता गरेर काम थालिने उहाँले वताउनुभयो । सकेसम्म अहिले भइरहेका जग्गा र संरचनालाई समेत उपयोग गर्नेगरी अरु थप स्थायी संरचना निर्माण गरिने वागमती प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ढुङ्गेलले वताउनुभयो ।
अहिले भइरहेका मन्त्रालयमा आर्थिक मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, कृषि मन्त्रालय लगायतका मनत्रालयमा सवै कर्मचारीका लागि काम गर्नका लागि साघुरो भएको छ । स्थायी राजधानी तोकिएपछी वागमती प्रदेस सरकारका स्थायी संरचना निर्माण गर्नका लागि वल्ल बाटो खुलेको छ । दुईवर्ष सम्म प्रदेश सरकारले आफ्ना लागि स्थायी संरचना निर्माण गरेको छैन । पहिले भइरहेका संरचनामानै सरकारले आफ्ना मन्त्रालय, निर्देशनालय र जिल्ला स्थित कार्यालय वनाएर काम गर्दै आएको छ ।







