मकवानपुरको मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणाको तयारी
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका देशकै४ सय ६० वटा गाउँपालिका मध्यमा पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको छ । मनहरी गाउँपालिकाको पहलमा बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको हो । आज मनहरी वजारमा पत्रकार सम्मेलन गरी पुस २८ गते सार्वजनिक विदा समेत दिएर वालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । बालमैत्री गाउँपालिका वनाउनका लागि अवको पाँच वर्षमा गरिने सवै कामको योजना समेत वनाइएको उहाँले वताउनुभयो ।
कार्यक्रमको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पुस २८ गते बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । वालमैत्री गाउँपालिका घोषणा गर्नुमात्र ठुलो कुरा नभइयसको सुरुवातको रुपमा बुझ्नका लागि गाउँपालिकाका उपाध्यक्ष मनिाला विष्ठले आग्रह गर्नुभयो । यसमा हरेक वर्ष सुधार गर्दै लैजाने वताउनुभयो । घोषणा अन्तिम नभइकन सुरुवात भएको वताउनुभयो ।
बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि गत बैशाख २४ र २५ गते गरि २ दिने राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबेबाट बालमैत्री स्थानिय शासन अवलम्बन पद्धतीबारे अभिमुखिकरण गरि जेठमा कार्यपालिका बैठकद्धारा निर्णय पारित गरी गाउँसभामा पठाउने निर्णय गरिएको थियो ।
असारमा सो निर्णय कार्यान्वयनका लागि बजेट तथा कार्यक्रम पारित गरीएको र ९ वटै वडामा बालमैत्री सहजकर्ता राखेर वडा तहमा बालमैत्री स्थानिय शासनसम्बन्धि सफ्टवेयर र हार्डवेयरको काम सुरु गरियो । त्यसैगरी, गाउँपालिकास्तरीय अन्तर धार्मिक संजाल गठन गरी बाल विवाह, बाल श्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानवबेचबिखन, टोल विकास संस्था, महिला सहकारी, विद्यालयमा नियमित रुपमासचेतनामुलक कार्यक्रमहरु गरिएको छ ।
बालमैत्री गाउँपालिका घोषणका लागि बालमैत्री सहजकर्ताद्धारा गरिएको सर्वेक्षणमा पहिलोभन्दा दोश्रो चरणमा बाल श्रमगर्नेको संख्या कम भएको पाईएको समेत गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानियशासन कार्यान्वयन कार्य्विधि २०६८, नेपालकोसंविधान २०७२ को मौलिक हक, बालबालिका ऐन २०७५, स्थानिय सरकार संचालनऐन २०७४ मा बालबालिका केन्द्रित कानूनी व्यवस्थालाई अवलम्बन गरि बालमैत्री स्थानिय शासन अवलम्बनको अभियान चलाईएको छ । त्यसैगरी, उक्त शासन अवलम्बनका लागि ३९ वटा सुचकहरु पुरा गरी जिल्ला समन्वय समितीबाट अनुगमन गराएर प्रमाणित गराई घोषणा गर्न लागिएको अध्यक्ष उप्रेतीले वताउनुभयो ।
अधिकार, राजनिती, आर्थिक र सामाजिक कारणले गर्दा बालमैत्री गाउँपालिका घोषणा गर्नुपर्ने बताउँदै राष्ट्रिय सहजकर्ता चौबेले यसबाट बालबालिकामा सचेतना, अभिभावकहरुमा स्थानिय सरकार, जनप्रतिनिधिप्रति सकारात्मक सोच, स्थानिय तहमा विकासलगायतका फाईदाहरु पुग्ने बताउनुभयो । उपाध्यक्ष मनिला विष्टले बालमैत्री गाउँपालिका घोषणा गरिए गाउँपालिकाले गर्नुपर्ने ३५८ काममध्ये २६४ काम पुरा हुने बताउनुभयो ।







