मकवानपुरमा कृपाको अनुसन्धान, छोराको चाहानले असन्तुलित हुँदै लैङ्गिक अनुपात

सहजै गर्भको भ्रुण के छ भनेर पत्ता लगाउन सकिने प्रबिधिको बिकास भएपछि छोरा र छोरिको अनुपातमा असन्तुलन आउन थालेको अनुसन्धानको नतिजाले देखाएको छ ।
सरिता दाहाल
८ पुष २०७६, मंगलवार १२:०३

हेटौंडा । लैङ्गिक समानता सुनिश्चित गर्न छोरिको महत्वलाई प्रत्साहन गरिएपनी व्यबहारत त्यस्तो नभएको पाईएको छ । मकवानपुरमा कृपाले गरेको अनुसन्धानले यस्तो देखाएको हो । सहजै गर्भको भ्रुण के छ भनेर पत्ता लगाउन सकिने प्रबिधिको बिकास भएपछि छोरा र छोरिको अनुपातमा असन्तुलन आउन थालेको अनुसन्धानको नतिजाले देखाएको छ ।

कृपाले मकवानपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँचीलगायत ६ जिल्लामा अनुसन्धान गरेको थियो । सामन्यतस् छोरी एकसय जना जन्मदा छोरा १०५ जना जन्मनुसम्मको अनुपात समान्य मानिन्छ । तर कृपाले गरेको अनुसन्धानमा एकसय छोरी जन्मदा १२७ जनासम्म छोराहरु जन्मेको पाईएको हो । नेपालमा गर्भपतन गर्ने अधिकारले कानूनी मान्यता पाएपछी छोरिहरुको गर्भपतन गर्ने दर बढेको कृपाको अनुसन्धान अधिकृत सुशील नेपालले बताए ।

कृपाले १ हजार ९ सय ८० जना आमाहरुमा छोराछोरीको चाहनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानमा सहभागी ५८ प्रतिशत महिलाले १८ हप्ताको गर्भ मै बच्चा छोरा वा छोरी के छ भन्ने जानकारी पाउने गरेको पाईएको थियो । सहजै भिडियो एक्सरे गर्न सकिने सुबिधाले पनि लिङ्गपहिचान र गर्भपतन बढेको सहभागीले बताए । मकवानपुरमा पनि अनुसन्धानमा सहभागीले २५ प्रतिशत महिलाले बच्चा जन्मनु अगावै लिङ्गको बारेमा जानकारी लिनेगरेको पाइयो । मकवानपुरबाट अनुसन्धानमा सहभागी ९३ प्रतिशत महिलाहरुले आफूलाई श्रीमानले छोराको लागि दबाब दिने गरेको बताएका थिए ।

निस्सन्तानले पनि धर्मसन्तानको रुपमा ग्रहण गर्दा छोरा नै बढी प्राथमिकतामा पर्ने गरेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । बालकल्याण समाज मकवानपुरको समन्वयमा भएको विभेदपुर्ण लैङिक छनौट अन्त्यको लागि अनुगमन तथा मुल्यांकन ढाचाबारे प्रदेश स्तरीय बैठकमा सहभागीहरुले नीति निर्माण तहम नै यसबारे सवाल पुग्नुपर्ने बताए । कार्यक्रम परिवार नियोजन संघ चितवनका प्रबन्धक मुरारी रैलाले लिङ्ग छनौटका आधारमा गर्भपतन गर्न नपाईने सवाल अझै प्रचारप्रसार गरिनुपर्ने बताए ।

यसबारे सरकारी तहमा राष्ट्रिय रणनीतिक योजनामा नै यो बिषय समेटिनु पर्ने कृपाका निर्देशक आनन्द तामाङले बताए । अबिवाहित महिलामा जबर्जस्ती करणीबाट बसेको गर्भपनी छोरा भएमा जन्माउन चाहाना राख्ने गरेको सहभागीले बताएका थिए । कार्यक्रममा प्रदेश ३ सामाजिक बिकास मन्त्रालय स्वास्थ महाशाखाका गोपाल बजगाईंले लिङ्ग पहिचान गर्न नपाईने कानूनलाई ब्यवहारिक गराउन अझैबढी कसरत गर्नुपर्ने बताए । अस्पतालमा विभेद विरुद्धको परामर्श अस्पतालमा नै आवश्यक भएको हेटौंडा अस्पताल अध्यक्ष प्रकाश पौडेलले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले अनुसन्धानको नतिजाले नीति निर्माण तहलाई झकझक्याउनु पर्ने बताइन् । अहिले छोराको मात्रै चाहना राख्नाले सामाजिक सोचको कारण भोलि देशमा जनसंख्या अनुपात बिग्रदा ठूलो समस्या आउने प्रदेश सभा सदस्य श्रेष्ठले बताइन् ।
आगामी दिनमा यस्ता बिभेदपुर्ण लिङ्ग छनौट कार्यको अन्त्यको लागि सबैको ऐक्यबद्धता आवश्यक भएको बालकल्याण समाजका प्रमुख प्रकाश खतिवडाले बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*