हेटौंडा वजार क्षेत्रबाट ५० मिटर वाटो वन्दैन–मुख्यमन्त्री पौडेल
हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडा वजार क्षेत्रबाट ५० मिट वाटो कदापि नबन्ने वताउनुभएको छ । नारायणी यातायात कम्पनिको प्रथम वार्षिक साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले ३२ मिटर भत्काउने साहस हुनुपर्ने वताउनुभयो ।

हाइवे वजार भन्दा बाहिर हुने वताउँदै उहाँले भन्नुभयो–‘चारलेनको बाटो , फुटपाथ, वोटविरूवा सहित ३२ मिटर वाटो वन्छ । लापरवाहि र होसियारका कमिले गर्दा कतिपय दुर्घटना भयका छन । यसलाई न्युनिकरण गर्दै जानुपर्छ ।’ उहाँले भारतिय भारतिय गाडिहरू व्यवस्थापन गर्ने वताउँदै उहाँले भन्नुभयो–‘अन्तर्राष्ट्रिय सन्धि सम्झौताले हामी वाधियका छौ ।’

१० वर्षदेखि अड्कियको सुरूङ मार्ग निर्माण प्रकियामा अघि वढाएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । अहिलेको समय संक्रमणकालको रहेको वताउनुभयो । नया संरचनालार्इ स्वीकार गर्न समय लाग्ने वताउनुभयो । प्रदेश सरकारले ३० वटा विधुतिय वस वैशाखबाट सुरू गर्ने योजना वनाई खरिद प्रक्रियामा गएको वताउनुभयो ।
१० वर्ष भित्र डिजेल पेट्रोल मुक्त नेपाल वनाउने वताउनुभयो । सरकारको प्राथमिकता विधुतिय सार्वजनिक सवारिमा हुने वताउनुभयो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्यहरु रामनारायण विडारी, रामचन्द्र राइ, प्रदेश सभाका सदस्य मुनु सिग्देल, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, मकवानपुर बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष अनन्त पौडेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नारायणी कम्पनिका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको हो ।







