विजुलीको पैसा नतिर्न प्राधिकरणलाई मुद्धा हाल्ने हेटौंडाको शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

आफ्नै चुनढुङ्गा होङसी सिमेन्ट उद्योगलाई विक्री गरेर भारतिय क्लीङकरबाट सिमेन्ट उत्पादन गर्दै शिवम् सिमेन्ट उद्योग
जनपत्र
२८ कार्तिक २०७६, बिहीबार १८:३१

हेटौंडा । विजुलीको पैसा नतिर्न प्राधिकरणलाई मुद्धा हाल्ने हेटौंडाको शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’ प्राप्त गरेको छ । विधुतको रकम नर्तिका लागि अदालतमा समेत पुगेर मुद्धा हाल्ने शिवम सिमेन्ट उद्योगलाई यो अवार्ड दिईएको हो । शिवमले बिभीन्न विषयमा सरकारलाइृ मुद्धा हाल्दै आएको छ ।

शिमेन्टमा आफ्नै चुनढुङ्गा भने होङसी सिमेन्ट उद्योगलाई विक्री गरेर भारतिय क्लीङकरबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । हजारौ टिप चुनढुङ्गा होङसी सिमेन्ट उद्योगलाई विक्री गरेर अहिले भारतबाट क्लीङ्कर ल्याएर पहिलेको भन्दा गुणस्तर खस्कनेगरी सिमेन्ट उत्पादन गरेको त्यहाँका कर्मचारीहरु वताउँछन् । शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ ।

शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने अवार्ड हात पार्न सफल भएको हो । अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ड अर्यालले शिवम् सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई ‘एनएस क्वालिटी अवार्ड’ प्रदान गर्नु भएको हो ।

निरन्तर उत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षण गरी उच्च गुणस्तरको उत्पादन गरेकाले शिवम सिमेन्टलाई यस्तो अवार्ड हस्तान्तरण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

शिवम सिमेन्टले गुणस्तरको मामलामा ‘नो कम्प्रोमाईज’ मुख्य नारासहित राष्ट्रको विकास, निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

कार्यक्रममा सचिव अर्यालले गुणस्तरीय उत्पादनको माध्यामबाट देशको विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै शिवम् सिमेन्टप्रति आभार व्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*